Light Nepal

‘अबको धार्मीक,सास्कृतीक र पर्यटकीय गन्तव्य ताप्लेजुङको पाथीभरा’

पूर्वको सुन्दर र रमणीय पहाडी जिल्ला, ताप्लेजुङ । जहाँ कञ्चनजंघालगायत ५ हजार मिटर माथिका मात्रै ५ वटा हिमालहरु (विश्वमा सबैभन्दा धेरै) अर्थात् हिमालै हिमालहरुको हिमशिखरपुञ्ज छ । विश्वकै सुन्दरहरुमा गनिएको सिंहलिला हिमश्रृंखला छ । अद्वितीय भूबनोटका कारण ‘पृथ्वीको लागि उपहार’ घोषणा गरिएको कञ्चनजंघा क्षेत्र छ ।

विश्वमै सबैभन्दा धेरै प्रजातिको गुराँस पाइन्छ । अत्यन्तै सुन्दर र आकर्षक हिमाल कुम्भकर्ण छ । त्यही कन्चनजंघा र कुम्भकर्णको काखमा धार्मिक पर्यटनको क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल पाथीभरादेवी रहेको छ । धार्मिक पर्यटनकै कुरा गर्दा लिम्बू जातिको पवित्र तिर्थस्थल फक्तालुङ र बौद्धमार्गीहरुको ऐतिहासिक दिकिछ्योलिङ गुम्बा पनि ताप्लेजुङमा पर्दछ ।

पर्यटकहरुलाई लोभ्याउने २२ वटा मनमोहक छाँगा तथा झरनाहरु, ४८ वटाभन्दा बढी तालतलैया तथा पोखरीहरु, २४ वटा हिमनदीहरु भएको जलभण्डार हो, ताप्लेजुङ । दुर्लभ वन्यजन्तु तथा चराचुरुंगीहरुको वासस्थान र जैविक विविधताको भण्डार हो, ताप्लेजुङ । जातीय विविधता, सांस्कृतिक अनेकता र साम्प्रदायिक सदभावको नमुना हो, ताप्लेजुङ । ¥याफ्टिङको लागि तमोर उत्कृष्ट नदीमा पर्छ । जडिबुटी र अलैंची उत्पादनमा देशकै अग्रणी जिल्ला हो, ताप्लेजुङ ।

यी सबै कुराले गर्दा ताप्लेजुङ Himalaya Tourism, Spiritual Tourism, Cultural Tourism, Adventure Tourism, Natural Tourism, Agriculture Tourism जस्ता सबैखाले पर्यटनको लागि ठूलो सम्भावना बोकेको जिल्ला हो । पर्यटकहरुका लागि चाहिने सम्पदाहरु यति धेरै हुँदा–हुँदै पनि यस क्षेत्रमा पर्यटन विकासको गति किन सुस्त छ ? यसै सेरोफेरो र चैत्र २७ गते वाट शुरु हुन लागेको चिनजुरे—गुफा—पाथीभरा पदयात्राको सन्र्दभमा ताप्लजेजुङ सरोकार केन्द्रका उपाध्यक्ष चित्रगुप्त साँवासंग लाईट नेपाल डट कमले गरेको संक्षिप्त गुराकानी ।

तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव किन ?

पूर्वको प्रमुख धार्मिकस्थल पाथीभरा मनले चिताएको पु¥याइदिने साक्षात देवीको रुपमा पनि प्रसिद्ध छ । ३७९४ मिटर उचाईमा अवस्थित पाथीभरा चुली (डाँडा) धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको सगरमाथा (चुली) पनि हो । पाथीभरादेवीको दर्शनार्थ सबैखाले धर्मावलम्वीहरु पुग्ने पाथीभरा डाँडाबाट देखिने दृश्यावलीले जो कोेहीलाई आश्चयकीत बनाउँछ र स्वर्गीय अनुभूति (अद्भूत खुशी) दिलाउँछ । पाथीभराबाट सिंहलिला हिमश्रृंखलाका साथै कञ्चनजंघा, कुम्भकर्ण, मकालु, लोत्से, नुप्सेलगायतका हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । धार्मिक आस्था र प्राकृतिक सुन्दरताको धनी पाथीभरा क्षेत्र दुर्लभ वन्यजन्तु र चराचुरुंगीहरुको वासस्थान र जैविक विविधताको भण्डार पनि हो ।
यद्यपि पाथीभरामा पर्यटकहरुको चाप वर्षेनी बढिरहेको छ । तर, पाथीभरामा जति पर्यटकहरु पुग्नुपर्ने हो, त्यति पुगिरहेको स्थिति छैन । यसको एउटा प्रमुख कारण प्रचार प्रसारको अपर्याप्तता हुनसक्छ । त्यसैले प्रचारलाई राष्ट्रिय रुप दिदैं देशको अन्य भागमा जाने पर्यटकहरुको ध्यान तानी ‘अबको गन्तव्य पाथीभरा’ बनाउने मुख्य उद्देश्य राख्दै; साथै पाथीभरा जाने पर्यटकहरुमा तेह्रथुम, संखुवासभा र पाँचथरको पर्यटकीय क्षेत्र र यसको महत्वलाई उजागर गर्दै; पर्यटकीय क्षेत्रको संरक्षण र विकासमा स्थानीय जनताको सहभागिताका लागि प्रेरित गर्दै जनचेतनाको अभिवृद्धिमा जोड दिन र पर्यटनको प्रवद्र्धन गर्न ‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव’ (सर्किट टुर एण्ड ट्रेक्स) को आयोजना गरिएको हो ।

यो पदयात्राका मुख्य उद्देश्य के हो ?
यो पदयात्रा महोत्सवको ३ वटा मुख्य उद्देश्यहरु रहेका छन् । पहिलो, ‘अबको गन्तव्य पाथीभरा’ नारालाई अघि सार्दै ताप्लेजुङ र पाथीभराको पर्यटन प्रवद्र्धनलाई जोड दिने । दोस्रो, ताप्लेजुङ र आसपास (तेह्रथुम, संखुवासभा र पाँचथर) मा रहेका पर्यटकीय क्षेत्रहरुलाई प्रचार गरी पाथीभरा जाने पर्यटकहरुलाई त्यसतर्फ पनि प्रेरित गर्ने । तेस्रो, पर्यटकहरुका लागि नयाँ सर्किट (तीनजुरे–गुफा–पाथीभरा–सिलौटे–कन्याम) टे«क्स एण्ड टुर्सको विकास गर्ने ।

पदयात्राको क्षेत्र कति हो ?

यो पदयात्रा काठमाडौंबाट सुरु भई धरान–भेडेटार हुँदै टुटे देउरालीसम्म गाडीमा यात्रा हुनेछ । र, टुटेदेउरालीबाट पदयात्रा सुरु हुनेछ । त्यहाँबाट तीनजुरे–चौकी–गुफापोखरी–मिल्के, मैवाखोला, ताप्लेजुङ बजार हुँदै पाथीभराको चुलीमा पुगी फर्केर पाँचथरको हिलिहाङ–सिलौटे–पौवाभञ्ज्याङ र इलामको कन्याम–श्रीअन्तुहुँदै काठमाडौंमा यो टे«किङ महोत्सव समापन हुनेछ ।

को को सहभागि हुनुहुन्छ ?
यात्रामा ताप्लेजुङ, तेह«थुम, संखुवासभा र पाँचथरलगायतका माननीय सांसदहरु, जिल्ला समन्वय समिति र स्थानीय नगरपालिका÷गाउँपालिकाका जनप्रतिनिधिहरु, उद्योगवाणिज्य संघ, पर्यटन व्यवसायी, पत्रकार, लेखक–कलाकार, बुद्धिजीवि, सामाजिक÷राजनीतिक अभियन्ताहरु, उद्योगी–व्यापारीहरु, विभिन्न संघ÷संस्थामा आवद्ध व्यक्तित्वहरु, शिक्षक, कर्मचारी, नागरिक समाज, देश विदेशका इच्छुक जनहरु । इटहरी, धरान, बसन्तपुर, चौकी, गुफा, मैवाखोला र ताप्लेजुङ बजारबाट समेत यस महोत्सवमा आफ्नो अनुकुलतामा सहभागी हुने छन ् ।

कस्ता खालका कार्यक्रमहरु हुन्छन ?
पदयात्राका क्रममा धरान, टुटेदेउराली, पाँचथर, इलाम, विर्तामोडमा पर्यटनसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरु गरिने छन् भने चौकीमा लालीगुराँससम्बन्धी कार्यक्रम, गुफामा लालीगुराँसको संरक्षण र विकाससम्बन्धी र मैवाखोलाको साँघुमा ताप्लेजुङको विकासमा पर्यटनको भूमिका सम्बन्धी र ताप्लेजुङ फुङलिङमा माननीय योगेश भट्टराईद्वारा ताप्लेजुङको विकासः सम्भावना र चुनौति विषयक कार्यक्रम हुनेछ । पाथीभराको चुलीमा २०७५ साल वैशाख १ गते

यो पदयात्रा महोत्सवले फाइदा पुग्छ ?

यस महोत्सवको माध्यमबाट ताप्लेजुङ र पाथीभराका साथै तीनजुरे–मिल्के–गुफापोखरी–सिलौटे–पौवाभञ्ज्याङको प्रचार–प्रसार भई पर्यटन प्रवद्र्धन भएको हुनेछ । ताप्लेजुङ र यस आसपासको पर्यटन प्रवद्र्धनमा केन्द्रिय, क्षेत्रीय एवं स्थानीय संघसंस्थाहरुबीच सहकार्य हुनेछ । ताप्लेज

प्रतिक्रिया दिनुहोस्