Light Nepal

चार्जमा राखेको मोबाइल चलाउँदा करेण्ट लागेर एक युवकको मृत्यु

विराटनगर, २७ चैत्र । चार्ज गर्न राखेको मोबाइल चलाउँदा संखुवासभामा एक युवकको मृत्यु भएको छ। चिचिला गाउँपालिका ४ डाँडागाँउका १६ वर्षीय सूर्य राईको करेन्ट लागेर मृत्यु भएको हो। सोमबार राति ९ बजे मोबाइल चार्जमा राखी चलाउँदा अचानक चट्याङ परेपछि उनलाई करेण्ट लागेको थियो।

गम्भीर घाइते भएका राईलाई उपचारका लागि स्वास्थ्य चौकी लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी चिचिलाले जनाएको छ। उनी मामा कमान सिंह राईको घरमा गएका बेला घटना भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्