Light Nepal

राजेश हमालकाे नजरमा प्रधानमन्त्री अाेली जत्तिको क्षमतावान नेता अरु छैन, हमालले किन यस्ताे भने ? हेर्नुहोस भिडियोमा

काठमाडौं – नेपाली चलचित्र जगतका महानायक राजेश हमालले प्रधानमन्त्री ओलीको भारत भ्रमण स्वतन्त्र र बराबरीको हैसियतमा भएको बताएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम धमलाको हमलामा कुराकानी गर्दै हमालले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई कला, संस्कृति, धर्म र आपसी सम्बन्धले जोडेको बताए ।

हमालले नेपाली राजनीतिमा केपी शर्मा अाेली जत्तिकाे क्षमतावान, दृढ नेतृत्व नभएकाे पनि दावी गरे ।

उनले भने, ‘अहिलेको परिवेशमा केपी ओली अपरिहार्य नेता हुन् । उनले राष्ट्रको मर्मलाई सही ढंगले प्रतिबिम्बित गर्छन् । एउटा नेतामा हुनुपर्ने गुण ओलीमा छ । ओली जतिको क्षमतावान नेता नेपाली राजनीतिमा अरु छैनन् ।’

प्रधानमन्त्री ओलीको भारत भ्रमण अत्यन्त सफल भएको हमालले दावी गरे ।

हेर्नुहोस् राजेश हमालसँगको कुराकानी

प्रतिक्रिया दिनुहोस्