Light Nepal

गायिका मेलिना राइको प्रेमीसँग बिछोड भएपछि ल्याईन मनै रुवाउने मार्मिक भिडियो “बितेका पल”

काठमाडौ – गायिका मेलिना राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। आइतबार मेलिनाले आफ्नै युट्युब च्यानलबाट ‘बितेका कुरा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।

उत्तम जंग लिम्बुको संगीत रहेको सो गीतलाई राज थेगिम अश्रुतले लेखेका हुन्।

शान थापाको निर्देशनमा तयार भएको यस भिडियोमा मेलिना आफैं फिचरिङ छिन्। मेलिनाले अभिनय गरेको यो नै पहिलो म्युजिक भिडियो हो।

गीत र भिडियोलाई लिएर आफु निकै उत्साहित रहेको मेलिनाको भनाइ छ। ‘मैले भिडियोमा आफै अभिनय गरेको छु। यो मेरो सानो प्रयास हो। यसलाई दर्शक(श्रोताले मन पराइदिनु हुन्छ भन्ने आशा राखेको छु‘, उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्