Light Nepal

यी हुन् बाख्रा बचाउनका बाघसँग लड्ने बहादुर युवती

२१ वर्षीय रुपाली मेश्राम एक पातली गाउँले युवती हुन् । कलेजबाट उनले भर्खरै व्यवस्थापनमा स्नातक उत्तीर्ण गरिन् ।

साधारण परिवारकी यी युवतीको टाउको, दुवै हात–खुट्टा र कम्मरमा घाउ देखिन्छ ।

टाउको र कम्मरको घाउ गहिरो भएकाले टाँका लगाइएको छ ।

नागपुरको सरकारी मेडिकल कलेज एण्ड हस्पीटलको उनको डिस्चार्ज कार्डमा स्पष्टसँग लेखिएको छ –जङ्गली जनावर बाघको आक्रमण ।

उनी र उनकी आमाले बाघसँग लडेर आफ्नो ज्यान बचाएको कथा निक्कै विस्मयकारी रहेको छ ।

लौरोको सहराले लडेकी थिइन् बाघसँग
पूर्वी विदर्भको भण्डरा जिल्लाको नागझिरा इलाकामा वन्य जन्तु आरक्षसँग जोडिएको गाउमा रुपालीको सानो घर छ ।

उनकी आमा जीजाबाई र दाई वन विभागमा रोजगार छन् ।

यसको साथ साथै परिवारले अतिरिक्त आमदानीको लागि बाख्रा पनि पालेको छ ।

यस्तैमा मार्च २४ को रात जब बाख्रा कराएको आवाज आयो तब निदाइरहेकी रुपाली ब्युझिइन् र हतारिएर ढोका खोल्न पुगिन् ।

आँगनमा बाधिएको बाख्रा रगतमा लत्पत्तिको थियो । हल्का प्रकाशमा उनले बाख्राको छेउमा बाघ देखिन् ।

बाख्राबाट धपाउनका लागि रुपालीले लौरो उठाएर बाघलाई हानिन् । उनका अनुसार लौरोले लाग्ना साथ बाघले उनलाई आक्रमण ग¥यो ।

“त्यसको पञ्जाले लागेर मेरो टाउकोबाट रगत बहन थाल्यो तर पनि मैले त्यसमाथि लठ्ठी हानिरहें । त्यहीबीच कराएरै मैले आमालाई बाघ आएको बताएँ ।”

रुपालीको आमा जीजाबाई भन्छिन् “रुपाली कराएको सुनेर जब म बाहिर आए उसको कपडा रगतले लत्पत्तिएको थियो । मलाई उ मर्छे भन्ने सोच आयो । उसको अगाडी बाघ थियो । मैले पनि लौरो उठाएर बाघलाई हाने । त्यसले मेरो दाहिने आखाँ नजिक पञ्जाले हान्यो । तर मैले जसो तसो रुपालीलाई घर भित्र ल्याउन सफल भएँ । हामीले ढोका बन्द ग¥र्यौ । सानो बस्ती भएकाले घरहरु टाढा टाढा छन् । यसले होला हामी कराएको कसैले सुनेनन् ।”

भित्र कोठामा आएर रुपालीले त्यस्तो आपतको समय पनि एक अनौठो काम गरिन् । उनले मोबाइलमा आफ्नो र आमाको केही सेल्फी लिइन् ।
मर्छु जस्तो लागेको थियो

“बाघ त्यो समय पनि बाहिर थियो । हामी बच्ने कुनै ग्यारेन्टी थिएन । मेरो टाउको र कम्मरबाट रगत बगिरहेको थियो । कपडाभरि रगत थियो । यस्तोमा हामी माथि जे भएको थियो त्यसलाई म रेकर्ड गर्न चाहन्थेँ । आमाले मानिसहरुलाई फोन गर्ने सुझाव दिइन् । मैले केही मानिसहरुलाई फोन गरे पनि । यसमा एक वनकर्मी पनि थिए जो आधाघण्टा पछि आएका थिए । हामी सबै भेला भए पछि बाहिर निस्कियौं । त्यो बेलासम्म बाघ भागिसकेको थियो ।” त्यो समयको कुरा सम्झदै रुपालीले भनिन् ।

रुपालीले भनिन् “मेरो सास असामान्य गतिले चल्न थालेको थियो । मर्छु जस्तो लागेको थियो । गाउँका मानिसहरुको सल्लाहमा एम्बुलेन्स बोलाएर हामीलाई नजिकको अस्पताल लगियो । त्यहाँ मेरो घाउमा टाँका लगाइयो । फेरी हामीलाई जिल्ला अस्पताल पठाइयो । दुई दिनपछि हामीलाई नागपुरको सरकारी अस्पताल रेफर गरियो । यहाँ एक्स–रे र भिडियो एक्स–रेजस्ता तमाम जाँच गरियो ।”
मंगलबार उनलाई डिस्चार्ज गरियो । उनलाई यो महिना दुई पटक अस्पताल जँचाउन आउन भनिएको छ ।

अस्पतालको सर्जरी विभागका प्रमुख डा.राज गजभियले दुवै जनाको घाउ बसेको बताए र रुपालीको साहसको प्रशसा गर्न छुटाएनन् ।

“सौभाग्यले बाघको दा¥हाले भने टोक्न पाएनछ । हामीले उनीहरुलाई जङ्गली जिबले टोक्दा हुने रेबिज र त्यस्तो खालको अरु समस्याबाट सुरक्षित राख्नका लागि उनीहरुलाई आवश्यक औषधी दिएका छौं ।” गजभियले भने ।

रुपालीले आफ्नो क्षेत्रको पूर्व सांसद शिशुपाल पटलेले उनलाई फोन गरेर मद्दत गर्ने बताएको उल्लेख गरिन् ।

बीबीसीले पटलेसँग सम्पर्क गर्दा उनले यी साहसी युवतीलाई वन विभागको स्थायी नोकरीको लागि राज्यको वन मन्त्रीसँग कुरा गरेको बताए ।

घर फर्कदा डर लागेको छ?

बीबीसीले लेखेको छ–हामीले रुपालीलाई एक लठ्ठी लिएर बाघसँग सामाना गर्दा दिमागमा के चलिरहेको थियो भनेर सोध्यौ ।
प्रश्न सुनेर रुपालीको आखाँमा पुन कठोर भाव जाग्यो । उनले भन्न थालिन “केही समयसम्म म बाच्दिन भन्ने सोच आयो । तर मैले आफैलाई हार्न हुन्न भनेर सचेत गराएँ ।”

के घर फर्कदै गर्दा डर र शंकाको भावना आएको छ ?

जवाफमा रुपालीले भनिन् “चिन्ता हुनसक्छ तर डर भने छैन । म जीवनमा कहिल्यै कुनै बाघसँग डराउँदिन ।”

कर्मस बढेकी उनी अब के बन्न चाहन्छिन ?

यसलाई उनले भनिन् “ मेरो बैङ्कमा नोकरी गर्ने सपना छ । तर यसको लागि कोचिङ्ग पढ्नुपर्छ तर मसँग त्यसका लागि पैसा छैन । त्यसैले ठिकठाकैको जे पाइन्छ त्यही गर्नुपर्छ ।”
फेरी एक पटक ज्यानको पातली तर साहसले दरि रुपालीले सानो स्वरमा भनिन् “तर कुनै जङ्गली बाघसँग डराउने सबाल नै छैन ।”

प्रतिक्रिया दिनुहोस्