Light Nepal

जब क्यान्सर पीडित ७ वर्षे बालक एकदिनका लागि प्रहरी इन्सपेक्टर

मुम्बई, १७ चैत्र । मुम्बईका ७ वर्षीय बालक अर्पित मन्डल एक दिनका लागि महाराष्ट्र प्रहरीको इन्स्पेक्टर बनेका छन्। मस्तिष्क क्यान्सरबाट पीडित अर्पितको इन्स्पेक्टर बन्ने चाहनालाई पूरा गरिदिएपछि यतिबेला महाराष्ट्र प्रहरीले गरेको कार्यको चर्चा चुलिएको छ। त्योभन्दा बढी पछिल्लो ५ महिनादेखि मस्तिष्क क्यान्सरसँग जुझिरहेका अर्पितलाई खुशी र रोगसँग लड्ने सकारात्मक शक्ति एकैसाथ मिलेको छ।

उनी आफूलाई क्यान्सर रोग लागेको छ भन्नेमा जानकार छन्, तर उनी अहिल्यै हार मान्ने अवस्थामा छैनन्। गत अक्टोबरमा अर्पितलाई क्यान्सर लागेको बारे उनका परिवारलाई जानकारी मिल्यो, तब उनीहरु छाँगाबाट खसेजस्तै भए। तर, पछिल्लो समय भने छोराको मुहारमा फर्केको खुशी र सकारात्मक सोचले उनीहरुलाई केही सान्त्वना दिएको छ। अर्पितमा यो सोचको विकास हुनु र उनको सपना पूरा हुनुमा ‘मेक अ विस इन्डिया फाउन्डेसन’को महत्वपूर्ण भूमिका छ।

प्रतिक्रिया दिनुहोस्