Light Nepal

कलाकार बुद्धि तामाङ्ग उर्फ (हैट) भन्छन्,‘जीवन गुजारा गर्न मैले यो काठमाण्डौमा ईट्टा भट्टामा काम गरें, खुर्सानी र पत्रिकासम्म बेचें ।’

काठमाण्डौ २ चैत्र । नेपाली फिल्म इन्डस्ट्रिजमा छोटो समयमै दर्शकको मन जित्न सफल कलाकार बुद्धि तामाङ्ग उर्फ (हैट) ले आफुले पाएको यो सफलतालाई नसोंचेको बताएका छन् ।

उनले काठमाण्डौ पैसा कमाउन आएको तर पैसा कसरी कमाउने भन्ने बारेमा केही थाहा नपाएको बताउँदै समयले आफुलाई कलकार बनाएकोले यसबाट पाएको सम्मान र परिचय नै आफ्नो सफलता भएको बताएका हुन् ।

काभे्रको तिमाल गाउँपालिका वडा नं. ३ श्रमथली गाउँबाट आज भन्दा झण्डै २ दशक अघि काठमाण्डौ रोजगारीकालागि छिरेका तामाङले शुरुमा भक्तपुरको ईट्टा भट्टामा ईट्टा बनाउने कामबाट साझँ बिहानको छाक टार्ने जोहो गरे । बिहानदेखि बेलुकासम्म लगातार हात चलाएर ईट्टा बनाए बापत उनले भने जस्तो पैसा कमाउन सकेनन् । केही समय तामाङले ईट्टा बनाउने काम गरेतापनि त्यसबाट भनेजस्तो कमाही गर्न नसेकेपछि र स्यम आफुपनि सन्तुष्ट नभएपछि उनले ईट्टा बनाउने काम छाडेको बताए ।

लाईट नेपालको लाईट टकमा कुरा गर्दै कलाकार तामाङले भने,‘मेरै रोजाईमा मैले ईट्ट बनाउने काम गरेको हुँ । तर त्यसमा मैले आफुले सोंचे जस्तो पैसा कमाउन सकिन र साथै मपनि भित्रैबाट सन्तुष्ट भएन । त्यसैले मैले त्यो काम छाडिदिएँ ।’ उनले हाँस्दै भने,‘त्यो ईट्टा बनाउने काम निकै नै दिक्क लाग्दो थियो । दिनै भरि एउटै कुरामा घोट्टि रहुन पर्ने । नयाँ के त भन्ने कुरै नहुने । म भने कामै पिच्छे नयाँ गर्न मन पराउने मान्छे । मैले गर्न खोजेको काम र मैले गरिरहेको कामबीच तालमेल नभएपछि मैले त्यो काम छाडिदिएँ ।’

ईट्टा बनाउने कामबाट सन्तुष्टि नपाएका कलाकार तामाङले होटेलमा भाडा माझ्ने काम शुरु गरेछन् । अरुले खाएको झुठो भाँडा माझेर महिनाको ८ सय कमाउने तामाङलाई त्यो कामले पनि सन्तुष्टि दिन सकेनछ । त्यसैले त उनले भाँडा माझ्ने काम पनि छाडिदिएछन् ।

गतिलो पैसा कमाएर गाउँले ठिटो शहरीया बन्दै एउटा मज्जाको जिन्दगी जिउने हैट भन्ने थेगोबाट परिचित कलाकार ब्द्धि तामाङलाई कलाकारिता भन्दा पहिले उनले आफैले अंगालेको कुनै पनि पेशाले स्थिर र सन्तुष्ट दिन सकेन । कामबाट मनग्य पैसा कमाउँदै आत्मासन्तुष्टि बन्ने सपनामा कलाकार तामाङले थुप्रै कामहरु गरि हिंडे ।

कुराकानीकै क्रममा उनले आफ्नो अनुभव सुनाउँदै भने,‘गतिलो पैसा यो पेशाबाट पो कमाईन्छ कि भन्ने अभिलाषामा मैले के चै गरिन भन्नु न ? मैले घरघरमा खुर्सानिको पोका बेचिन कि, घरघरमा पत्रिका पुर्‍याईनकि, विदेशिको भारि बोकिन कि ? सबै गरें । तर ती सबै गर्दा नत आफुले सोंचे जस्तो नत पैसा कमाएँ । नत स्वयम सन्तुष्छट नै भएँ ।’ आफैले रोजेर गरेको कामबाट भने जस्तो कमाई र आत्मा सन्तुष्टि नभएपछि कलाकार तामाङले अन्त्यमा एकजना शुभचिन्तकले देखाएको थिएटरको बाटोलाई रोजेछन् ।

थिएटरमा नाटक सिकेर फिल्मि दुनियाँमा प्रवेश गरेका हैटले फिल्मि दुनियाँबाटै नाम, दाम र आत्मा सम्मान सबै कमाउन सफल भएका छन् । ‘जुन कुरा ममा थियो त्यस कुरालाई खोजेर भेटाउनकालागि मैले धेरै कामहरुमा समय खर्चिएँ ।’ उनी भन्छन्,‘यो बाह्र वर्षको दौडानमा मैले थाहा पाएँ, कि म भित्र कस्तो प्रतिभा रहेछ र मैले के गरें भने म सन्तुष्ट रहन सक्छु भन्ने अब थाहा पाईसकें । अब जे हुन्छ कलाकार ‘हैट’कै नामबाट हुन्छ ।’ भिडियो सहित

प्रतिक्रिया दिनुहोस्