Light Nepal

होलीको शुभकामना दिंदै अखिल क्रान्तिकारीका अध्यक्ष तामाङ्गले भने,“नेपालको राजनीतिमा केपी र प्रचण्ड भन्दा बामदेव नै हुन् कम्युनिष्टको आईडल ।”

काठमाण्डौ १७ फाल्गुन । अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जितले केपी र प्रचण्ड भन्दा बामदेव नै हाम्रो आईडल हुन भनेपछि बामदेवले आफुलाई सबै क्रान्तिकारीहरुको अभिभाव महसुस गरेको बताए ।

बिहीबार गौतम निवासमा गएर अध्यक्ष तामाङ्गले एमाले वरिष्ठ उपाध्यक्ष गौतमलाई कम्युनिष्टका आईडल भन्दै होलीको शुभकामना दिएपछि उनी भावुक हुँदै आफुलाई सबै क्रान्तिकारीहरुको अभिभाव महसुस गरेको बताएका हुन् ।

उपाध्यक्ष गौतमले होलीको रङ्ग झैं नेपाली राजनीतिमा एकिकरणको रङ्गले सधैं देशलाई रंगिन् बनाउने बताए । उनले भने,“हुन त होली एउटा पर्वको रङ्ग हो । जस्लाई राजनीतिको रङ्गसंग मिलाउन मिल्दै मिल्दैन । तरपनि होलीमा हुने रङ्गहरु झैं खुलेको र निकै नै आकर्षक रङ्ग भने अब नेपालको कम्युनिष्टहरुमा प्रष्टै देख्न सकिन्छ जुन रङ्गले देशलाई सदाबाहार रङ्गिन बनाई रहन्छ ।”

पाहाडी जिल्लामा बिहीबार अर्थात आज होली पर्व मनाई रहंदा अखिल र अखिल क्रान्तिकारीका अध्यक्ष द्वए नविना लामा र रञ्जित तामाङ्गको नेतृत्वमा विद्यार्थी नेताहरु गौतम निवासमै गएर बामदेवलाई होलीको शुभकामना दिएका थिए ।

पार्टी एकिकरण पश्चात पहिलो पल्ट अखिल क्रान्तिकारीका विद्यार्थीहरु पनि गौतम निवासमा होलीको शुभकामना दिन पुगेका छन् भन्ने थाहा पाएपछि लाईट नेपालको टीम पनि त्याहाँ पुगेको थियो ।

त्यसै क्रममा गौतमसंगै दुवै विद्यार्थी संगठनका अध्यक्षसंग गरिएको कुराकानीमा संगठनका अध्यक्ष द्वए लामा र तामाङ्गले बामदेव विद्यार्थी नेताहरुकालागि मात्र नभई नेपालको कम्युनिष्टहरुकै आईडल भएको बताए ।

होलीको शुभकामना दिने क्रममा अखिलका अध्यक्ष नविना लामाले पार्टीका अग्रज नेताहरुले देखाएको बाटोमा विद्यार्थी नेताहरु हिंड्ने प्रतिबद्धता व्यक्त गर्दै एकिकरण भएसंगै विद्यार्थी नेताहरुमा पनि त्यसको सकारात्मक प्रभाव परेको बताईन् ।

साथै उनले नेताले देखाएको बाटोमा लाग्ने विद्यर्थी नेताको कर्तव्य र दायित्व भएको भन्दै सम्पुर्ण विद्यार्थीहरुले नै एकिकरणलाई अनुशरण गर्दै अघि बढ्ने पनि ऐकेबद्धता व्यक्त गरिन् ।

बिहानै गौतम निवासमा होलीको शुभकामना व्यक्त गर्न गएका दुई विद्यार्थी अध्यक्ष लगाएत विद्यार्थी संगठनका अन्य नेता कार्यकर्ताहरुलाई होलीको शुभकामना दिन पाउँदा गौतम आफैमा दङ्ग थिए ।

प्रतिक्रिया दिनुहोस्